एमालेले भन्यो- नेपालको भूमि विदेशीलाई दिने अधिकार प्रधानमन्त्रीलाई छैन

0

काठमाडौं ‍: नेकपा एमालेले नेपालको भूमि विदेशीलाई दिने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएको छ ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सचिव योगेश भट्टराईले पालको भूमि विदेशीलाई दिने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका हुन् । उनले कुनै पनि शर्तमा कालापानी, लिपुलेक लिम्पियाधुरा अर्को देशलाई दिन नसकिने बताए ।

यस्तै सांसद भट्टराईले दाहालले राष्ट्रपतिलाई गैर संवैधानिक काम गर्न उक्साएको आरोप लगाए । उनले नागरिकता जस्तो विषयमा धेरै खेलवाड नगर्न आग्रह गरे । प्रधानमन्त्रीसँग नभएको अधिकार प्रयोग गरेर राष्ट्रपतिलाई विधेयक प्रमाणीकरण गर्ने अधिकार कसले दियो भन्दै प्रश्न गरे ।

उनले नागरिकता को समस्या धेरै अगाडिदेखिको समस्या भएकाले यसलाई राष्ट्रिय समहमतिबाट समाधान गर्नुपर्ने समेत बताए ।

Leave A Reply

Your email address will not be published.