भारतले नेपाललाई बुझायो रक्सौल–काठमाडौँ रेलमार्गको प्रतिवेदन

0

काठमाडौँ \  भारतीय पक्षले रक्सौल–काठमाडौं रेलमार्गको सर्भेको प्रतिवेदन नेपाललाई बुझाएको छ । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले रेलमार्गको फिल्ड रिपोर्टको प्रतिवेदन नेपाल सरकारलाई दिएको बताएका हुन् ।

‘अब हामी नेपाल सरकारको प्रतिक्रियाको अपेक्षा गर्दैछौं,’ क्वात्राले बताए । ‘नेपाल सरकारको प्रतिक्रिया जतिसक्दो छिटो आउँछ, त्यति नै छिटो अगाडीको काम थालिनेछ ।’ नेपालले प्रतिवेदनमाथिको जवाफ बुझाएपछि सम्भाव्यता अध्ययनतर्फ अघि बढ्ने क्वात्राले बताए । नेपालले जवाफ दिएपछि मात्रै आयोजनाको निर्माण अवधि र प्रक्रिया अघि बढ्ने भारतीय पक्षको भनाई छ ।

Leave A Reply

Your email address will not be published.