नेपाल-भारत सीमा समस्या समाधान हुन्छ : मोदी

0

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग रहेको सीमालगायतका सबै समस्याको समाधान गर्ने बताएका छन् ।

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले सीमालगायतका समस्या समाधान हुने बताएका हुन् ।

दुई देशको सम्बन्धलाई हिमालय जति उचाई दिन काम गरिरहने उनको भनाइ थियो ।

उनले नेपालका प्रधानमन्त्री प्रचण्डसँगको पार्टनरसीप सुपरहिट बनाउने बताए ।

Leave A Reply

Your email address will not be published.