नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर

0

काठमाडौं : नेपाल र भारतबीच विभिन्न सात सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा विभिन्न सात सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपाल र भारतबीच ट्रिटी ट्रान्जिटको पुनरावलोकन गर्ने सम्झौता भएको छ ।  दुई देशबीच क्रस बोर्डर पाइपलाइन अन्तर्गत अमलेखगंज– चितवन र सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माणको सम्झौता भएको छ।

अर्को सम्झौता सुस्मा स्वराज इस्च्यूट फरेन सर्भिस रहेको छ । दोधारा चाँदनी आईसीसीको बारेमा समेत सम्झौता भएको छ ।

दुई देशबीच तल्लो अरुण जलविद्युत आयोजना लगानी सम्झौता भएको छ । यस्तै, फुकोट कर्णाली जलविद्युत विकास सम्झौता पनि भएको छ । यसैगरी क्रस बोर्डर पेमेन्ट सम्बन्धमा समेत सम्झौता भएको हो ।

Leave A Reply

Your email address will not be published.