भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने

0

काठमाडौं : नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ । जसअन्तर्गत अबको १० वर्षमा भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

भारत भ्रमणका क्रममा रहेका नेपालका समकक्षी पुष्पकमल दाहाल प्रचण्डसँग भएको संयुक्त पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘भारत र नेपालबीच लङटर्म पावर ट्रेड एग्रिमेन्ट सम्पन्न भएको छ । हामीले आउने १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य लिएका छौं ।’

भारतीय प्रधानमन्त्री मोदीले नेपालको जलश्रोत भारतका लागि अतिमहत्वपूर्ण भएको बताउँदै यसमा मिलेर काम गर्ने पनि बताए ।

उनले नेपालका प्रधानमन्त्री प्रचण्ड र आफूले दुई देशको सम्बन्धलाई अगाडि बढाउन महत्वपूर्ण निर्णय लिएको बताए । नेपाल र भारतबीच ट्रान्जिट एग्रिमेन्ट भएको र जसले नेपालका जनताका लागि नयाँ रेल रुटको व्यवस्था गरिएको पनि उनले बताए ।

Leave A Reply

Your email address will not be published.