प्रचण्ड र मोदीले उद्घाटन गरे नेपालगञ्ज सुख्खा बन्दरगाह र विराटनगरको रेल्वे सेवा

0

काठमाडौं : नेपालगञ्ज सुख्खा बन्दरगाहको उद्घाटन गरिएको छ । बिहीबार नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले बाँकेमा भारत सरकारको सहयोगमा निर्माण गरिएको व्यापार पूर्वाधारको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि भारततर्फबाट नेपाल आएका कन्टेनर नेपाली सुख्खा बन्खाबन्दरगाह प्रवेश गरेका थिए । करिब १५ वर्ष अघि देखि भारत सरकारको सहयोगमा निर्माणाधिन सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आएको

यस्तै  नेपाल र भारतका प्रधानमन्त्रीले कुर्था–बिजलपुरा रेल्वे सेवाको पनि उद्घाटन गरेका छन् । दुवै देशका प्रधानमन्त्रीले नयाँ दिल्लीबाट स्वीच थिचेर रेल्वे सेवाको उद्घाटन गरेका हुन् ।

विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्म आइपुग्ने मालवाहक रेलले आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको कच्चा सामग्री ल्याउनेछ ।

Leave A Reply

Your email address will not be published.