नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयान शुरु

0

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना प्रतिवादीहरुको बयान लिन शुरु गरिएको छ । शुक्रबारदेखि काठमाडौं जिल्ला अदालतमा बयान लिन शुरु भएको हो । पहिलो दिन केशव दुलाल र सागर राईको बयान हुने बताइएको छ ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन खोज्ने ३० जनाविरूद्ध यबुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो ।

पूर्वउपप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राईलगायत उच्च पदस्थहरू जोडिएको मुद्दामा अमेरिका पठाइदिने भन्दै झन्डै २९ करोड रुपैयाँ उठाइएको आरोप छ ।

प्रहरीले यस प्रकरणमा १६ जनालाई पक्राउ गरेकाेमा अझै १४ जना भने फरार छन् ।

Leave A Reply

Your email address will not be published.