राष्ट्रपतिद्वारा रेशम चौधरीको आममाफीको फाइल फिर्ता

0

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको आममाफीसम्बन्धी प्रस्ताव फिर्ता पठाएका छन् । शुक्रबार राष्ट्रपति पौडेलले चौधरीको आममाफीसम्बन्धी फाइल गृहमन्त्रालयमा फिर्ता पठाएका हुन् ।

रेशम चौधरीको आममाफीका सम्बन्धमा प्रचलित कानून, रेशम चौधरीको मुद्दासम्बन्धी सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानूनबमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।

कैलालीको टीकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका रेशमले बाँकी सजाय माफीका लागि दिएको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको थियो ।

यस्तै राष्ट्रपति कार्यालयले सोही घटनामा निधन भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी श्रीमती शारदा बोहराले राष्ट्रपति कार्यालयमा दिएको निवेदनलाई पनि राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमै कार्यार्थ पठाएको छ ।

Leave A Reply

Your email address will not be published.