साेलुखुम्बु \ सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका दुई जना आरोहीको शव भेटिएको छ ।
यही जेठ ५ गते सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका मलेसियाका नागरिक ५६ वर्षीय अग अस्कन्ड्रा बिन अम्पुआन याकूब र वैशाख ३१ गते ज्यान गुमाउने मालडवाका नागरिक ४६ भिक्टर व्रिन्चको बुधवार शव फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
फेला परेका शवमध्ये मलेसियाका याकूबको शव हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको र मालडवाका व्रिन्चको शव ल्याउन बाँकी रहेको प्रहरी निरीक्षक रामकिशोर शाहले बताउनुभयो ।