शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्नुपर्छ : बामदेव गौतम

0

काठमाडौं  \ राष्ट्रिय सभाका सांसद बामदेव गौतमले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ । सांसद गौतमले सो प्रकरण ज्यादै ठूलो अपराध भएको उल्लेख गर्दै त्यसमा संलग्न जोकोहीलाई पनि नियम र कानुन बमोजिम कारबाही गर्नुपर्ने बताउनुभएको हो ।

बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले २०४७ सालयता भएका मन्त्री र उच्च प्रदस्थ कर्मचारीहरुको पनि सम्पत्ति छानविन गरी भ्रष्टमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद गौतमले सरकारले सो प्रकरणको दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाएको भन्दै धन्यवाद समेत दिनभयो । सांसद गौतमले भ्रष्टाचारजन्य गतिविधिबारे उठेका विषयहरुको छानविन गर्न सरकार पछि पर्न नहुने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.