सबैभन्दा लाम्चो नाक भएका व्यक्तिको निधन

0

विश्वमा सबैभन्दा लाम्चो नाक भएका व्यक्तिको ७५ वर्षको उमेरमा निधन भएको छ । गिनिस बुक अफ वर्ल्ड रेकर्ड्समा तीनपटक नाम लेखाउन सफल टर्कीका मेहमेत ओजिरेकको निधन भएको हो ।

सन् २००१, २०१० र अन्तिम पटक सन् २०२१ मा गिनिस बुक अफ वर्ल्ड रेकर्ड्सले ओजिरेकलाई लाम्चो नाक भएका व्यक्तिका रूपमा पहिचान गरेको थियो । अन्तिम पटक उनको नाक ८ दशमलव ८ सेन्टिमिटर लामो थियो । गत हप्ता बिरामी भएका उनलाई हृदयघात भएपछि सर्जरी गर्नुपरेको थियो । अन्ततः उनको मृत्यु भयो ।

लामो नाक भएका कारण उनको बासना र गन्ध पत्ता लगाउने क्षमता सामान्य मानिसभन्दा बढी थियो ।

Leave A Reply

Your email address will not be published.