स्याङ्जा समाज बेल्जियमको तेश्रो अधिबेशनले नबिन गुरुङको अध्यक्षतामा आगामी कार्यकालका लागि सर्बसम्मत नेत्रित्व चयन गरेकोछ । समाजको उपाध्यक्षमा गणेश अधिकारी, होमनाथ पाण्डे, महासचिब सुन्दर पौडेल, कोषाध्यक्ष सञ्जय गुरुङ, र सदस्यहरुमा बेलु कार्की, नमुना पौडेल , सन्तोष पौडेललाई चयन गरिएकोछ ।
बिहीवार एन्टवेरपेनमा भएको अधिबेशनको अन्तरराष्ट्रिय स्याङ्जा समाजका अध्यक्ष टुकराज अर्यालले उद्घाटन गर्नु भएको थियो । अर्यालले अधिबेशनको शुभकामना दिदै आफ्नो जन्मस्थानमा सामुहिक रुपमा योगदान गर्न सके भोलिको पूस्ताले पनि सम्झिने र मातृभूमी प्रतिको दायित्व पुरा हुने हुँदा स्याङ्जा समाज मार्फत सकेको सहयोग गर्न अनुरोध गर्नु भयो । समाजले सन्चालन गर्न लागेको एक करोडको अक्षयकोष, चली रहेको सहकारिको पुजी ब्रिद्धी र अन्य कृषि परीयोजनाहरुमा सहभागि भै हातेमालो गरौ भन्दै बेल्जियम च्याप्टरबाट पनि सहकार्य हुने विश्वाश ब्यक्त गर्नु भयो ।
कार्यक्रमका बिशिष्ट अतिथि नेपाली दुताबास बेल्जियमका द्वितीय सचिब एबम स्याङ्जा जिल्लाबासी रमेश गैरेले प्रबासमा रहेका पहिलो पूस्ताका नेपाली हरुले नेपाली कला संस्क्रिति र भाषाको सम्बर्धन र संरक्षणमा दिएको योगदानको प्रशंशा गर्दै प्रबासमा हुर्दै गरेको नयाँ पूस्तालाई नेपाल संग जोड्ने कार्यक्रमहरु संचालन गर्न सुझाब दिनु भयो । उहाले नेपाली दुतावासबाट स्याङ्जा समाजले गर्ने परोपकारी र सामुदायिक काममा सहयोग र सहकार्य हुने विश्वाश दिलाउनु भयो ।
एनआरएनए बेल्जियमका उपाध्यक्ष तिर्थ धमलाले सबै संघ संस्था सँग साझेदारी र सहकार्य गरेर एनआरएनएले नेपाली समुदायका लागि कार्यक्रम सन्चालन गरी रहेकोछ भन्दै स्याङ्जा समाजको आगामी कार्यसमिति सँग आगामी दिनमा मिलेर काम गर्नेछौ भानु भयो । त्यसै गरि पार्बाट समाज बेल्जियमकी अध्यक्ष दुर्गा गुरुङ, जन संपर्क समितिकी निबर्तमान सभापति सीता सापकोटा लगायतले अधिबेशनको सफलताको शुभकामना दिनु भएको थियो ।
अतिथिहरुलाई समाजका उपाध्यक्ष पूर्ण खनालले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको संचालन महासचिब मिन क्षेत्रीले गर्नु भएको थियो ।
कार्यक्रममा अन्तरराष्ट्रिय स्याङ्जा समाजका सल्लाहकार ध्रुबराज पौडेल, महिला सचिव इन्दिरा खनाल, युरोप संयोजक रामचन्द्र शर्मा र स्याङ्गजा समाज नेदर्ल्यान्ड्सका अध्यक्ष राजेन्द्र शर्मा लगायत बेल्जियम स्थित संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
स्याङ्जा समाज बेल्जियमका अध्यक्ष पर्शुराम रेग्मीले शभापतिको आसनबाट बोल्दै आफ्नो कार्यकालमा भएका कामहरुको बारेमा जानकारी दिदै साथ दिने र सहयोग गर्ने कार्यसमितिका पदाधिकारीहरु र संघ संस्था सबैलाई धन्यबाद दिनु भएको थियो ।