‘खाँणले आफूलाई निर्दोष सावित गर्छु भनेपछि कारबाही नगरिएको हो’

0

काठमाडौं : नेपाली कांग्रेसले पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई कारबाही नगरिएको बारे प्रष्टीकरण दिएको छ । कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणले आफू निर्दोष सावित हुने बताएकाले पार्टीले तत्काल निलम्बन नगरेको बताएका हुन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता महतले खाँणले आफूलाई निर्दोष सावित गर्छु भनेकाले निलम्बनको प्रक्रिया अघि नबढेको बताएका हुन् । यदि खाँण दोषी ठहरिएमा पार्टीले कारबाही गर्ने उनको भनाइ थियो ।

उनले नक्कली शरणार्थी प्रकरणका दोषी कोही पनि उम्किन नहुने बताए । सो प्रकरणको अनुसन्धानमा पार्टीले सहयोग गर्ने पनि उनले बताए ।

यस्तै उनले खाँणकी पत्नी मञ्जु खाँण कहाँ छिन् भनेर भनेर पार्टीले फलो गर्ने कुरा नभएको स्पष्ट पारे । यो प्रकरणमा देउवा पत्नीसमेत रहेकी सांसद आरजु राणालाई पनि सामाजिक सञ्जाल र मिडिया ट्रायल गरेर दोषी देखाउन खोजिएको भन्दै उनले आपत्ति जनाए ।

Leave A Reply

Your email address will not be published.