प्रधानमन्त्री प्रचण्डले बोलाए सत्तारुढ १० दलको बैठक

0

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई समर्थन गर्ने १० दलको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्ष ०८०/०८१ सालको नीति तथा कार्यक्रमबारे सुझाव लिन सत्तारूढ १० दलको बैठक आह्वान गरेका हुन् ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साढे २ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी हुनेछन् ।

Leave A Reply

Your email address will not be published.