मोका चक्रवातले म्यानमारमा ६ जनाको मृत्यु

0

चक्रवात मोकाले म्यानमारमा ठूलो क्षति पुर्‍याएको छ । अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ ।

हावाहुरीले धेरै घरको छाना उडाएको छ । कतिपय क्षेत्रमा बाढीको अवस्था सिर्जना भएको छ ।

आँधीका कारण हजारौं मानिस घरबार छोडेर सुरक्षित स्थानमा जान बाध्य भएका छन् ।

म्यान्मार सेनाको जानकारी अनुसार चक्रवातले सिट्वे, क्याउकप्यु र ग्वा टाउनशिपमा घर र पावर ट्रान्सफर्मरमा क्षति पुर्याएको छ।

यस हावाहुरीमा सयौं रुखहरु ढलेका छन् । बिजुलीका पोल, टेलिफोनका टावर पनि उडाएका छन् ।

सिट्वे बन्दरगाहमा खाली डुङ्गाहरू पल्टियो र बत्तीहरू उखेलियो।

सिट्वे र मौङदाउ जिल्लामा सहायक नदीको बहाव १६ देखि २० फिटसम्म पुगेको छ ।

यसअघि सेन्ट मार्टिन टापुमा तीव्र हावासहित भारी वर्षा भएको थियो।

यसै क्रममा बंगलादेशको कक्स बजारमा पुग्नुअघि आँधीले पूर्वतिर मोडेको थियो ।

जसका कारण बंगलादेशमाथि फैलिएको खतरा निकै हदसम्म कम भएको छ ।

Leave A Reply

Your email address will not be published.