टिसर्ट र जिन्स पाइन्ट लगाउन संसदमा रोक

0

काठमाडौं : प्रतिनिधिसभाले प्रतिनिधिसभाको बैठकमा टिसर्ट र जिन्स पाइन्ट लगाउन रोक लगाएको छ । आइतबार सभामुखले संसद बैठकमा सहभागी हुँदा सांसदहरुले लगाउने पोशाक तय गरेका छन् । तय भएको पोशाक भएसँगै संसदमा टिसर्ट र जिन्स पाइन्ट लगाउन रोक लागेको छ ।

आइतबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णय अनुसार सभामुख देवराज घिमिरेले सांसदहरुको पोशाक तोकेका हुन् ।
सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार कार्यव्यवस्था परामर्श समितिको परामर्श अनुसार सांसदहरु मर्यादित पोशाक लगाएर उपस्थित हुनुपर्ने गरी सभामुखबाट निर्णय भएको छ ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४२ मा पोशाक र प्रतीक चिह्न सम्बन्धी व्यवस्था छ । जहाँ सांसदको पोशाक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले तोके बमोजिम हुने उल्लेख छ । सभामुखले पोशाक तोक्दा औपचारिक, मौलिक सँस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाक समेतमा ध्यान दिनुपर्ने नियमावलीमा छ ।

नियमावली अनुसार सभामुख घिमिरेले संसदमा मर्यादित पोशाक लगाएर उपस्थित हुनुपर्ने गरी पोशाक तोकेका हुन् । सभामुखका प्रेस सल्लाहकार अधिकारीका अनुसार संसद बैठकमा उपस्थित हुँदा लोगो अनिवार्य लगाउनुपर्नेछ ।

‘फुल कोर्ट, हाफ कोर्ट लगाउन सकिने भयो । मौलिक सँस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित पोशाक पनि लगाउन सकिने भयो । तर, टिसर्ट पाइन्ट, जिन्स पाइन्ट लगाउन नपाउने भयो’ अधिकारीले भने ।

Leave A Reply

Your email address will not be published.