बालकृष्ण खाँणका स्वकीय सचिव केसी पनि पक्राउ

0

काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।

खाँण पक्राउ परेलगत्तै उनका स्वकीय सचिव केसी पनि पक्राउ परेका हुन् । केसीलाई जडिबूटीस्थित उनकै निवासबाट पक्राउ गरिएको हो । उनीहरु दुवै जनालाई काठमाडौं प्रहरी परिसरमा लगिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका तत्कालिन गृह सचिव टेकनारायण पाण्डेको बयानका आधारमा खाँणलाई पक्राउ गरिएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.