मौद्रीक नीति समीक्षा : घट्यो बैंकदर, निर्माण, यातायात तथा होटललाई पुनर्कर्जाको सुविधा (पूर्णपाठ)

0

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको तेस्रो मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ ।

शुक्रबार सार्वजनिक मौद्रिक नीति समीक्षाअनुसार बैंक दर १ प्रतिशतले घटाएर ७.५ प्रतिशत कायम गरेको छ । यसअघि ८.५ प्रतिशत थियो ।

नीतिगत दरलाई ७ प्रतिशतमा यथवात राख्दै बैंकदर घटाएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले निर्माण, खानी र यातायात तथा ढुवानी व्यावसायीलानई पुनर्कर्जाको सुविधा दिने घोषणा गरेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशन गर्ने तथ्यांकको आधारमा पछिल्ला दुई त्रैमाससम्म लगातार ऋणात्मक वृद्धि हुन गएका आर्थिक क्षेत्रहरुसँग सम्बद्ध ऋणीहरुले सुविधा पाउने गरी कोषमा उपलव्ध स्रोतको सीमाभित्र रही पुनर्कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने मौद्रिक नीतिको समीक्षामा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.