वैशाख २४ गते बजेट अधिवेशन बोलाउन सिफारिस

0

काठमाडौं : सरकारले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

अब सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नेछन् । उक्त अधिवेशनमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट पेस हुने छ ।

संसदको हिँउदे अधिवेशन भने वैशाख १५ गते अन्त्य भएको थियो । 

Leave A Reply

Your email address will not be published.