क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय

0

काठमाडौं : सरकारले एसीसी प्रिमियर कपको उपाधि विजेता नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपमा छनोट हुन सफल नेपाली क्रिकेट खेलाडीहरुलाई जनही ६ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मंगलबार यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसीसी प्रिमियर कपको विजेताको रुपमा एसिया कपमा प्रवेश गरेको थियो ।

यस्तै सरकारले क्रिकेट टिमका अफिसियललाई पनि जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

मन्त्री शर्माले बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि आगामी आर्थिक वर्षमा बजेट विजियोजन गर्ने निर्णय पनि गरेको जानकारी दिइन् ।

Leave A Reply

Your email address will not be published.