माओवादीको दम्भ र घमण्ड बढ्दै गयो : माधव नेपाल

0

सुर्खेत : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रको व्यवहारबाट आफूहरू मर्माहत भएको बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले माओवादी केन्द्रमा घमण्ड र दम्भ बढ्दै गएकाे बताउँदै माओवादीको व्यवहारबाट आफूहरु दु:खी भएको बताएका हुन् ।

कर्णालीमा आफ्नो पार्टीलाई पूरै बेवास्ता गरिएको भन्दै अध्यक्ष नेपालले उक्त व्यवहार आफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिए ।

उनले माओवादीले आफूहरूलाई बाइपास गर्न खोजिए गठबन्धन धरापमा पर्ने बताए । माओवादीको यस्तै प्रवृत्ति बढ्दै गए गठबन्धन टिक्छ कि टिक्दैन भन्ने प्रश्न उठेको उनको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.