श्रद्धान्जली दिन इपर पुगे नेपालीहरु

0

प्रत्येक वर्ष झैं यो वर्ष पनि वेल्जियमस्थित नेपाली समुदाय इपर पुगे।  प्रथम विश्वयुद्धमा वीरगती प्राप्त गरेका गोर्खा सैनिकहरू प्रति श्रद्धान्जलि अर्पण गर्न नेपालीहरु इपर स्थित सहिद स्मारक पुगेका हुन्।

११ नोभेम्वरका दिन पहिलो विश्व युद्ध विधिवत रुपले शान्ति सम्झ्यौत गरेको दिन गोर्खा सैनिकको संझनामा इपरमा नेपालीहरु जम्माहुने गरेका छन्। वेल्जियम भूमिमा शहिद भएका सैनिकहरुको सम्झनामा इपर स्मारकमा मंगलवार एक श्रद्धान्जली कार्यक्रमको आयोजना गरिएको थियो।

10377428_675493272570812_316009258016457818_n

विगत देखि नै श्रद्धान्जली सभा आयोजना गरेको तमु समाजले पुष्पगुच्छा चढाइ वीरगति प्राप्त गरेका सैनिकको स्मरण गरेको थियो । संस्थाका नव निर्वाचित अध्यक्ष जीवन गुरुङले युद्धमा शहित भएका गोर्खालीहरुको संझनामा पुष्प गुच्छा अर्पण गरेका थिए भने अन्य उपस्थित नपालीहरुले पनि पुष्पगच्छा अर्पण गरे। सो अवसरमा शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण पनि गरिएको थियो।

 

पहिलो विश्वयुद्धमा सहिद भएका वीर गोर्खालीहरुको नामावलि शिलालेखमा ।

10501939_675495595903913_1576247065690508362_n

वीरगति प्राप्त गर्नेको नामावली ।

आजको श्रद्धान्जलि कार्यक्रममा वेल्जिययम स्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.