निर्देशक आलोक नम्वाडको निधन

0

aalok

चर्चित चलचित्र निर्देशक आलोक नेम्वाङको शव झुन्डिएको अवस्थामा फेला परेको छ। धापासीको ग्रान्डी भिल्ला स्थित आफ्नै निवासको भर्‍याङको रेलिङमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो।

साँझ ७ बजेतिर शव झुन्डिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी दिनेश आचार्यले बताए। प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जनाए। ‘सानो संसार’ र ‘कोहीमेरो’ निर्देशन गरेका थिए। उनी निर्देशित ‘अझै पनि’ प्रदर्शनको लागि तयार छ। सानो संसारले आलोकलाई फिल्मी निर्देशकको रुपमा निकै माथि पुर्‍याइदिएको थियो। त्यसपछिको कोहीमेरोले भने खासै व्यापार गर्न सकेको थिएन। पाँच वर्षपछि उनले अझै पनि निर्देशन गरेका थिए।

Leave A Reply

Your email address will not be published.