नेपाल ब्रुसेल मिलन केन्द्रले मनायो नयाँ बर्ष, ब्रुसेलका मेयरले दिए नेपाली नयाँ बर्षको शुभकामना,

0

बेल्जियमको राजधानी ब्रुसेलमा नेपाल ब्रुसेल मिलन केन्द्रले नेपाली समुदाय, स्थानीय नगर प्रमुख सहित जनप्रतिनिधीहरु र नेपाली दुताबास परिवार का साथमा नयाँ बर्ष मनाएकोछ । कार्यक्रमका प्रमुख अतिथी बेल्जियमका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी, आन्दरलेख्त नगरपालिका प्रमुख फब्रिक्स कुम्प्स र मिलन केन्द्रका अध्यक्ष भिम सुबेदीले पानसमा दीप बाली कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

नेपाली राष्ट्रिय गीत बजाउदै सुरु भएको औपचारिक कार्यक्रममा केन्द्रका संस्थापक अध्यक्ष पारस गौतमले स्वागत गर्नु भएको थियो ।

ब्रुसेल आन्दरलेख्त नगरपालिका प्रमुख फब्रिक्सले नेपाली समुदायलाई नयाँ बर्षको शुभकामना दिदै आफ्नो नगरपालिकामा बसोबास गर्ने नेपालीहरु इमान्दार कर्मशिल रहेको र नगरको बिकासमा सहयोगी रहेको बताउनु भयो । बिभिन्न समुदायको संस्क्रिति परम्पराको प्रदर्शनले नगरपालिकाको गरिमा बढेको र कला संस्कृतिमा धनी रहेको नेपाली समुदाय सँग नयाँबर्ष मनाउन पाउदा आफुलाई निकै खुशी लागेकोछ भन्नु भयो ।


बेल्जियमका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीले ब्रुसेलबासी नेपाली समुदायको प्रगती, मेलमिलाप र एकताको कामना गर्दै स्थानीय नगरपालिका र नेपाली समुदायको सामुहिक प्रयासले नेपाल र बेल्जियमको दौत्य सम्बन्ध अझ बलियो बनाएको छ भनु भयो । दुबै देशका जनस्तरको सम्बन्धले दुताबासको अभियानमा सहयोग पुगेको छ भबिस्यमा पनि सबै मिलेर सांस्कृतिक आदानप्रदान र बिकासमा साझेदारिको लागि मिलेर काम गर्न आग्रह गर्नु भयो ।


गैर आबासीय संघका उपाध्यक्ष तिर्थ धमलाले ब्रुसेलबासी नेपालीहरुको एकता उदाहरणिय रहेको छ भन्दै एनआरएनए बेल्जियम नेपाली समुदायको हितको लागि कृयाशिल रहेको बताउनु भयो ।
नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष चिरन कुमार खवासले नयाबर्षको शुभकामना दिदै नेपाली समुदायले छोट्टो समयमा ब्यवसाय लागयत अन्य क्षेत्रमा आफ्नो परिश्रमले उल्लेख्य प्रगति गरेकोछ भन्दै नयाँ बर्षले नयाँ सोचको बिकास गर्न प्रेरणा देओस भन्नु भयो ।

कार्यक्रममा आन्दरलेख्त नगरपालिकाका इसाबेला आम्री, आमिर नरेन सन्नी लगायत बिभिन्न राजनीतिक र सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।


नेपाल ब्रुसेल मिलन केन्द्रका अध्यक्ष भिम सुबेदीले सह्भागिहरु, सहयोगिहरु र अतिथिहरुलाई धन्यबाद दिदै कार्यक्रमको बिसर्जन गर्नु भएको थियो । कार्यक्रमको संचालन केन्द्रका महसचिब राम पाण्डे र सदस्य दिपक भण्डारीले गरेका थिए ।


स्थानीय कलाकारहरुको आकर्षक न्रित्य, गायिका नलिना चित्रकार र गायक रुपक डोटेलको सङितिक प्रस्तुतिमा झुमेका नेपाली र बेल्जियमका नागरिकहरुले कार्यक्रमलाई रमाइलो बनाएका थिए । नयाँ बर्षको शुभकामना आदान प्रदान र खान पिन सहित कार्यक्रम सम्पन भएको थियो ।

Leave A Reply

Your email address will not be published.