नेपाली नयां बर्षको अबसर पारेर नेपाल माल्टा च्यारीटी अर्गनाईजेसनको आयोजनामा नेपाली फेस्टिबल सम्पन्न भएकोछ । नेपाली नयाँ बर्षको अबसर पारेर नेपाल माल्टा च्यारीटी अर्गनाईजेसनको आयोजनामा माल्टामा मिनी नेपाल झल्किने कार्यक्रम गरिएको हो ।
सो कार्यक्रमलाई नेपाली दुताबास लण्डन , स्पेन , नेपाल टुरिजम बोर्ड र कोस्टा ईज किलीएर फाउन्डेसनको सहयोग रहेको थियो। माल्टाको सबै नेपाली संध सस्थाको सहभागीता एंवम सहकार्यमा सम्पन कार्यक्रमा करिव २५००-३००० नेपाली र बिदेशी दर्शकको उपस्तिथी रहेको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष प्रकाश भण्डारीको सभाप्तित्वमा सुचारु भएको थियो । कार्यक्रमको संयोजक रेम्स खनाले गरेका थिए । मातृभूमी नेपाल बहु जाति, बहु धार्मिक,बहु सास्कृतिक अनि बिबिध भाषा , भेष भुषा र प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएकाले देश विकाशको प्रमुख आधार पर्यटन नै भएको र माल्टिज लगाएत अन्य प्रर्यटकलाई नेपाल र नेपाल चिनाउन कार्यक्रमको उद्यस्य रहेको थियो ।
कार्यक्रमा प्रमुख अतिथी रुपमा माल्टाको अपोजीसन लिडर वेर्नाड गेर्च स्वंयम उपस्तित भएर निदारमा टिका , ढाकाको टोपी र खुकुरी सहित नेपाली कला संस्क्रिती देख्न पाएकोमा खुशी ब्यक्त गरेका थिए । उनले नेपाली समुदायलाई माल्टिज सोसाईटिले निकै अब्बल समुदायको रुपमा हेरेको बताएका थिए ।
यस्तै कार्यक्रममा सगरमाथा आरोहण गरेको जुत्ता, झोला र माल्टिज झण्डा सहित आएका मार्को कार्मोनाले नेपाल र नेपालीको खुलेर प्रसंसा गरेका थिय । उनी सगरमाथा आरोहण गर्ने पहिलो माल्टिज हुन उनको टोलीमा ३ जनाले सगरमाथाको चुचुरो चुमेका छन ।
सगरमाथाको चुचुरोमा पुगेको झन्डा माल्टामा देख्न पाउदा नेपालीहरु निकै गर्बको महशुस भएको कार्यक्रमको स्वागत मन्तब्य दिनु भएकी संस्थाकी उप संयोजक सर्मिला बस्नेतले बताउनु भएकोछ ।
कार्यक्रममा कोस्टा ईज बि पाउन्डेसनका मार्क गले पाचले सगरमाथा बेस क्यापमा गरेको सरसफाई क्याम्पेनको बारेमा चर्चा र नेपाली समुदायको करुणा र दयालु स्वभाबको बर्णन गरेका थिए ।
कार्यक्रमा एनआरएन अध्यक्ष भुवन अर्यालले सुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा ब्यानर सहित बिभिन्न भेषभुषा झल्कने गरी नेपाली भण्डा सहित करीब १ किलोमिटर झाकी प्रदर्शनी गरेर सुरु भएको थियो ।
त्यसपछि माल्टामा दिबंगत हुनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको संझनामा मौन धारणा गरियको थियो ।
सम्पुण अतिथीलाई रातो टिका ढाकाको टोपी लगाएर स्व्वगत गर्दा नेपालीको अतिथी देबो भब भन्ने आख्यान चरितार्थ भएको थियो । कार्यक्रम उदधाटन नयाँ शैली अपनाउदै प्रमुख अतिथीबाट नेपाली बालबालीकाहरु लाई टिका लगाएर गरिएको थियो ।
कार्यक्रम अबधि भरी नेपाल झल्किने बिभीन्न कृयाकलाप भएका थिए भने उिपस्थित सबैले मनोरन्जन लिएका थिए । नेपाल डे कार्यक्रम सफल बनाउन माल्टामा अबस्थित बिभिन्न सामाजिक संघ सँस्थाका प्रतिनिधि,नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका कार्यसमितिका पदाधिकारीहरुको उल्लेख्य भुमिका रहेको थियो ।
नेपाल बुद्धको देश , सगरमाथाको देश , बिर गोर्खालीको देश , बिभिधताको देश र प्राकृतिक सुन्दरताले भरिपूर्ण देश भनेर चिनाउन सफल भएको कार्यक्रम संचालक सन्देश केसीले बताएकाछन ।
यस कार्यक्रमबाट युरोपमा नेपाल चिनाउन पाउदा खुशी लागेको बताउदै आगामी दिनमा पनि यस् खाले कार्यक्रमलाई निरन्न्तरता दिने अध्यक्ष प्रकाश भण्डारीले बताएकाछन भने
माल्टामा नेपाली पार्क निर्माण गर्ने गरी संस्थाले तयारीमा लागेकोले सबैलाई जोडिन कार्यक्रम संयोजक रेम्स खनालले अपील गरेका छन,
नेपाल माल्टा च्यरीटिको आयोजनामा सम्पन्न सो कार्यक्रम रिना कार्की र सन्देश केसीले संयुक्त रुपमा सन्चालन गरेका थिए ।