शान्तिबाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप

0

काठमाडौं : काठमाडौंको शान्तिबाटिकामा प्रहरी र मिटरब्याज पीडितबीच झडप भएको छ ।

शान्तिबाटिकाबाट जुलुस निकाल्न प्रहरीले रोकेपछि मिटरब्याज पीडितहरूले प्रहरीमाथि ढुंगामुढा शुरु गरेका थिए । त्यसपछि प्रहरीले मिटरब्याज पीडितहरूमाथि लाठीचार्ज गरेको थियो ।

साथै प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास पनि प्रहार गरेको थियो ।

प्रहरीको लाठी लागेर करिब ५ जना मिटरब्याज पीडित घाइते भएका छन् । प्रहरीले केही मिटरब्याज पीडितलाई नियन्त्रणमा पनि लिएको छ।

तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितहरु आन्दोलनमा छन् भने सरकारसँगको वार्ता सफल हुनसकेको छैन ।

Leave A Reply

Your email address will not be published.