बालकोट बैठक : प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउने सहमति

0

काठमाडौं : प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति भएको छ ।

सोमबार बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

यस्तै टिआरसी विधेयक, संसद सञ्चालन र समिति गठनको विषयमा पनि शीर्ष नेताबीच सहमति जुटेको लेखकले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले उपयुक्त समयमा संवैधानिक परिषद्को बैठक बोलाउने उनले बताए ।

Leave A Reply

Your email address will not be published.