रौतहटमा गोली चल्यो, एक जनाको मृत्यु

0

रौतहट : रौतहटको गढीमाई नगरपालिकामा गोली चलेको छ । गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीचको झडपमा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।

गोली लागेर मृत्यु हुनेमा धनगढीमाई नगरपालिका ८ का रामकुमार राय रहेको प्रहरीले जानकारी दिएको छ । यस्तै उक्त झडपमा अन्य ३ जना घाइते भएका छन् । घाइते भएका तीनै जनाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गोली कसले चलायो भन्ने नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.