एनपी साउद परराष्ट्रमन्त्री बन्दै, आइतबार शपथ

0

काठमाडौं : नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । उनले आइतबार शपथ लिने तय भएको बताइएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले साउदको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको र प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कार्यालयलाई नाम बुझाइसकेको बताइएको छ ।

सत्ता गठबन्धनमा भएको भागबण्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो । साउदले शपथ लिएसँगै सरकारमा कांग्रेबाट ५ मन्त्री हुनेछन् । कांग्रेसले अझै तीन मन्त्री पठाउन बाँकी हुनेछ । बाँकी तीन मन्त्रीमा कांग्रेसकाे शेखर समूहले पाउने सहमति भएको छ ।

Leave A Reply

Your email address will not be published.