नेपाली कला संस्कृतिको प्रदर्शन सहित नेपाली फेस्टिबल गर्दै एनआरएनए बेल्जियम,

0

गैरआवासीय नेपाली संघ बेल्जियमको आयोजनामा नेपाली नयाँ बर्षको अबसर पारेर आगामी अप्रिल १५ मा नेपाली फेस्टिभल हुने भएको छ ।

बेल्जियमको लुभेन सहरमा नेपाल राजदूतावासको सन्योजन र स्थानीय लुभेन नगरपालिका तथा बेल्जियन र नेपाली संघसंस्था सँगको सहकार्यमा फेस्टिभल हुन लागेको हो ।

आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा एनआरएनए बेल्जियमका उपाध्यक्ष तथा कार्यक्रम संयोजक तीर्थराज धमलाले कार्यक्रमको तयारी र अन्य ब्यबस्थापकीय प्रगति बारे जानकारी दिए ।

नेपाली कला संस्कृति र नेपाली खानेकुराको प्राचार प्रसार र प्रबर्धन गर्ने उद्द्यस्यले प्रत्येक बर्ष जसो आयोजना हुने फेस्टिभलमा नेपाली डान्स, मौलिक खानेकुरा, नेपाली उत्पादन सहित नेपालको पर्यटन पर्बर्धनका लागि जानकारीमुलक सामग्री प्रस्तुत गरिनेछ ।

युरोपियन युनियनका बिशिस्ट पदाधिकारी, बिभिन्न देशका राजदुतहरु, स्थानीय नगरका प्रमुख सहित नेपाली समुदायका ३ हजार एबम बेल्जियमका स्थानीय नागरिक ३ हजार गरी करिब ६ हजार जनाको फेस्टिवलमा सहभागिता रहने अपेक्षा गरिएकोछ ।


लुभेन शहरको ट्रेन स्टेसन अगाडिको खुल्ला मैदानमा हुने फेस्टिबलमा राख्ने स्टलहरु सबै बुक भईसकेको एनआरएनए बेल्जियमले जनाएकोछ । स्टलहरुमा नेपाली खाना, नेपाली खाद्य सामाग्री, पर्यटनका लागि प्राकृतिक श्रब्यद्रिष्य, सान्स्कृतिक पहिचानका सामाग्रीहरु राखिनेछ ।

गायक धिरज राई , स्थानीय गायक नारायण धिताल, लाहुरे कान्छाको सांगितिक प्रस्तुती र नेपाली लोक सान्स्क्र्तिक न्रित्यहरु देखाइनेछ , सान्स्कृतिक झाकि सहित शहरको केही भाग परिक्रमा पनि हुनेछ ।


आजको प्रेस मिटमा गैर आबासीय नेपाली संघका केन्द्रीय अध्यक्ष बद्री केसी,प्रबक्ता सोम सापकोटा, उपमहासचिब रामशरण सिंखडा र नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष चिरन कुमार खवासले आफ्ना सुझाब सहित् नेपाली फेस्टिबलको सफलताको शुभकामना दिनु भएको थियो ।

पत्रकारहरु सनत आचार्य, चिरण शर्मा , राजकुमार सिग्देल, सरस्वती कार्की, राजकुमार थापा, बाबाराजेश्वरी थापा, पञ्चम अधिकारी, लगायतको जिज्ञाशामा एनआरएनए बेल्जियमका अध्यक्ष खड्क बहादुर केसी जबाफ दिदै अहिले सम्मका अनुभब र बिभिन्न ब्यक्ति र संस्थाहरुको सुझाब अनुसार फेस्टिबललाई उत्कृष्ट बनाउने प्रयास गरिएको बताउनु भयो ।

कार्यक्रमको सहजिकरण फेटिबल ब्यबस्थापन समिती संयोजक तिर्थ धमला र नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले गरेला थिए ।

Leave A Reply

Your email address will not be published.