स्वर्णिम वाग्लेले कांग्रेस छाडे

0

अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस पार्टी परित्याग गरेका छन्। उनले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित कांग्रेस नेताहरूलाई पत्र पठाएर पार्टी छाडेको जानकारी दिएका हुन् ।

उनले पत्रमा कांग्रेसप्रति अपार सद्भावका बावजुद देउवा-आरजु गिरोहको हेपाइ र अपमान सहेर कांग्रेसमा बस्न नसकेको उल्लेख गरेका छन। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ–१ बाट उपनिर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव गरेको छ । स्रोतका अनुसार स्वर्णिम रास्वपाबाट उपचुनावमा उम्मेदवार बन्ने लगभग निश्चित बनेको छ।


स्वर्णिमको पत्र यस्तो छ:

प्रिय दाइ,
हजुरहरुको अपार सद्भावका बावजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।

अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’को प्रयोगमा जान चाहेँ । यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौंँ ।

कांग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिनसक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।

स्वर्णिम

Leave A Reply

Your email address will not be published.