बौद्ध धर्म गुरु रेन्पोछे वागिन्द्र शिलाको प्रर्बचन र ध्यान सम्पन्न,

0

बौद्ध धर्म गुरु रेम्पोन्छे बागिन्द्र शिला ( नन्द प्रशाद तिमील्सिना ) बाट बेल्जियमको नेपाली समुदायका लागि बौद्ध दर्शनको व्याख्यान, भगवान बुद्दको जीबनपयोगी उपदेश र मानसिक शान्ती हुने ध्यान बिधिको प्रयोग सहित प्रबचन कार्यक्रम सम्पन्न भएकोछ । बेल्जियमको स्कोतेन बौद्ध गुम्बामा नेपाली समुदायका जातीय साँस्कृतिक संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेका पूजा र प्रबचन कार्यक्रममा गुरु शिलाले बौद्ध ग्रन्थ डोमाङमा उल्लेख गरिएका समग्र जीबनको कल्याण र मानब जीबनको सार्थकताका लागि अबलम्बन गर्नु पर्ने बिधि र प्रक्रियाबारे बताउनु भएको थियो ।

सो कार्यक्रममा उहाले भगवान बुद्धको उपदेशले शान्ती र अहिंशाको मार्गमा लाग्न संसारलाई पच्चिस सय बर्षबाट अभिप्रेरित गरीरहेको र त्यसका लागि संसारले बुद्ध जन्मभुमी नेपाल प्रति आभार ब्यक्त गर्ने गरेकोछ भन्नुभयो । उहाँले नेपालीहरुनै बुद्ध शन्देशलाई बिर्सदै गएकोमा चिन्ता ब्यक्त गर्नु भयो । आफुलाई सत्मार्गमा लगाउन शास्त्रले निर्देशन गरेका उपायको पालन र ध्यान अभ्यास गर्न पनि अनुरोध गर्नु भयो ।

मानव जीवनको वास्तविक परम सुख केहो र कसरी प्राप्त गर्न सकिन्छ भन्नेवारे जीबनोपयोगी प्रबचन र नेपाली भाषामा अनुबाद गरिएको दोमाङ धर्मग्रन्थको प्रबचन पछि छोट्टो योग र ध्यानको प्रयोग गराउदै यसको निरन्तर अभ्यासले लोभ मोह र रिस रागलाई चिनेर नियंत्रण गर्न सकिन्छ भन्दै खुशी र सुखी जीबन बाँच्न योग र ध्यान गर्न अनुरोध गर्नु भयो ।

कार्यक्रममा बौद्ध लामाहरु पासँग शेर्पा लामा, पेमा वान्त छु लामा पेमाले पूजा र डोमाङको पाठ गरेर गुरु रेम्पोछेलाई सहयोग गर्नु भएको थियो । साथै बेल्जियमबासी महिला दिदीबहिनीहरुले मंगलसुत्रमा उल्लेख मंगलबाचन गर्नु भएको थियो ।


कार्यक्रममा आयोजकहरुबाट उपस्थित साधक र जिज्ञाशुहरुलाई प्रशाद र खानाको ब्यबस्था गरिएको थियो । तमु समाज बेल्जियम, तामाङ समाज बेल्जियम, शेर्पा समाज बेल्जियम, पासा पुँच बेल्जियम , थाकाली समाज बेल्जियम , मगर समाज बेल्जियमले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका थिए ।

आजको कार्यक्रममा गरिएको दान र आर्थिक सहयोगबाट ब्यबस्थापन खर्च कटाएर बाकि रहेको रकम गुरु बागिन्द्र शिलाले सिन्धुपाल्चोकमा स्थापना गर्न लाग्नु भएको बुद्ध पार्क र बुद्द गुम्बा निर्माणका लागि सहयोग गर्ने आयोजक संस्था मध्यका एक शेर्पा समाज बेल्जियमका अध्यक्ष सोनाम शेर्पाले बताउनु भएकोछ ।

Leave A Reply

Your email address will not be published.