प्रबासी नेपाली मंच युरोपको संगठन सुद्रिढिकरण अभियान,

0

प्रबासी नेपाली मंच युरोप कमिटिले युरोपका बिभिन्न देशमा संगठन सुद्रिढिकरणका लागि भेट्घाट र अन्तर्कृया अभियान संचालन गर्ने भएकोछ । अभियानको सुरुवात नेदरल्यान्ड र बेल्जियममा राष्ट्रिय कमिटीका पदाधिकारीहरु र सदस्यहरुसँग छलफल र अन्तर्कृया गरेर सुरु गरिएको प्रबासी नेपाली मंचका युरोप कमिटिका सचिब सालिक थपलियाले जानकारी गराएकाछन ।

अभियान अन्तर्गत मार्च एक तारिख बुधवार बेल्जियममा भएको भेलामा प्रबासी नेपाली मंच युरोप कमिटीका संयोजक मुक्त गुरुङ, पुर्ब संयोजक एबम समाबेशि आयोग नेपालका सदस्य पुष्पराज तिमील्सिना, युरोप इन्चार्ज भक्त वाग्ले, युरोप कमिटिका सचिब शालिक थपलियाले समसामयिक बिषय र संगठनको एकता तथा सुद्रिड्ढिकरणका बिषयमा जानकारी गराउनु भएको थियो ।

सोही अबसरमा प्रबासी नेपाली मन्च बेल्जियमले उहाहरुलाई सम्मान गरेको थियो । संगठनको युरोप कमिटिमा मनोनित भए पछि पहिलो पटक बेल्जियम आएका नेताहरुलाई स्वागत र सम्मान गरिएको मंचकी बेल्जियम सचिब हरी भट्टराईले बताउनु भएकोछ ।

कार्यक्रममा सहभागिहरुले बर्तमान राजनीतिक अवस्थाका बारेमा राखेको जिज्ञाशामा युरोप कमिटिका अध्यक्ष गुरुङ लगायतले नेकपा एमालेको धारणाको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा प्रबासी नेपाली मंच युरोपका सल्लाहकार समितिका सदस्य अर्जुन गुरुङ र तुलसिनाथ सुबेदी, अन्तरराष्ट्रिय कमिटिका खेलकुद बिभाग उपसंयोजक किसन केसी लगायत बेल्जियमका पदाधिकारीहरुको बिशेष उपस्थिती रहेको थियो ।

प्रबासी नेपाली मंच बेल्जियमकी अध्यक्ष चन्द्र कुमारी गुरुङ (ईशा) को सभापतित्वमा भएको कार्यक्रमको संचालन सचिब हरी भट्टराईले गर्नु भएको थियो ।


त्यसै गरी मंगलवार नेदरल्यान्डमा भएको कार्यक्रममा प्रबासी नेपाली मंच युरोप कमिटिका संयोजक मुक्त गुरुङ, पूर्व संयोजक एबम समाबेसि आयोगका सदस्य पुष्पराज तिमिल्सिना, युरोप कमिटिका सचिब शालिक थपलिया, अन्तरराष्ट्रिय कमिटिका सल्लाहकार टिकाराम सापकोटा लगायतले अभियान संचालन गर्नुको उद्द्यस्य र आबस्यक्ताका बारेमा जानकारी गराउनु भएको थियो ।

प्रबासी नेपाली मंच नेदरल्यान्डका अध्यक्ष राजेन्द्र चापगाईको सभापतित्वमा भएको कार्यक्रमको संचालन मंचका सचिब केशबराज पाण्डेले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.