एनआरएनएको १५औ युरोपियन बैठक चेक गणतन्त्रको राजाधानी प्रागमा हुने,

0

प्रगतिका लागि साझेदारी (पार्टनरसिप फर प्रोग्रेस) भन्ने नाराका साथ गैर आबासीय नेपाली संघको युरोप क्षेत्रीय समितिले आउदो मे ५ देखि ७ तारीकका दिन मध्य युरोपियन मुलुक चेक गणतन्त्रको राजधानी प्रागमा १५औ युरोपियन क्षेत्रिय सम्मेलनको आयोजना गर्ने जानकारी गराएकोछ ।

शनिबार आयोजित यस सम्बन्धि अनलाइन बैठकमा संघका अध्यक्ष द्वय कुल आचार्य र बद्री केसीले युरोपियन बैठक, युरोपियन महिला सम्मेलन र युबा सम्मेलनको औपचारिक घोषणा गरे । युरोप क्षेत्रीय समितिले भेला आयोजनाका निमित्त आन्तरिक तयारी भैरहेको र भेलामा युरोप क्षेत्र र अन्य देशबाट करिव ४०० गैर आवासिय नेपाली अभियन्ताहरू, अतिथि तथा पर्यवेक्षेकहरूको सहभागिता रहने बताएकोछ । बैठक प्रागको होटेल इन्टरन्यासनलमा आयोजना गरिने र त्यसका लागि एनसीसी चेक रिपब्लिकले अन्य तयारी गरी रहेको पनि जानकारी गराइएकोछ ।


भेला आयोजनाका निमित्त क्षेत्रीय संयोजक द्वय सन्तोष भट्टराई र चिन्तामणी सापकोटाको अध्यक्षतामा मुल आयोजक समिती बनाइ युरोप क्षेत्रका पधाधिकारीहरु , क्षेत्रबाट प्रतिनिधित्व गर्ने अन्तराष्ट्रिय समन्वय परिषद सदस्यहरु , सम्बन्धित रास्ट्रिय समन्वय परिषदका अध्यक्ष्य र महासचिबहरुलाई पदेन सदस्य तथा युरोप क्षेत्रका अन्तरराष्ट्रिय समितिका पदाधिकारीहरुलाई पदेन सल्लाहकारको रूपमा चयन गरिएको छ। साथै, समितिको सदस्य सचिबमा आयोजक राष्ट्रका अध्यक्ष यदुराम पन्थीलाई जिम्मेवारी दिईएकोछ । ब्यबस्थापनको समन्वय गर्न गठन गरिएको युरोप क्षेत्रका पदाधिकारीहरू र चेक गणतन्त्रका अध्यक्ष र आइसिसी सदस्य रहेको स्टेरिङ्ग कमिटीको सदस्यसचिबमा चेक गणतन्त्रबाट प्रतिनिधित्व गर्ने आईसिसी सदस्य चिरन्जिबी खड्कालाई तोकिएकोछ ।


आजको कार्यक्रममा बोल्ने अधिकांश एनआरएनएका पदाधिकारीहरुले गैर आबासीय नेपाली संघ पछिल्लो अवधिमा निकै कठिन र चुनौतिपूर्ण अवस्थामा रहेको, संस्थागत शाख गिर्दो अवस्थामा पुगेको र प्रबासमा रहेका नेपालीहरुको बृहत्तर एकताको आबश्यकता रहेको बताएका थिए । एनआरएनएले अहिले सम्म आर्जन गरेको विश्वाशको बाताबरणलाई अझ बिस्वासिलो बनाउनु पर्ने, अहिलेको असहज र चुनौतीपुर्ण परिस्थितीमा संगठन भित्रका स-सना मतभेदहरूको सिघ्र ब्यबस्थापन गरिनु पर्ने र नेपाल सरकार एबम नेपालका शुभचिन्तक संघ संस्थाहरु सँगको साझेदारी र सहकार्यलाई दरिलो बनाउनु पर्ने सुझाब दिएका थिए ।

एकता साझेदारी र सहकार्यलाई आगामी लक्ष बनाउन युरोपियन बैठकको मुल नारा पार्टनरसिप फर प्रोग्रेस राखिएको र सबैको सह-अस्तित्व र सहमतिको आधारमा संगठनका आगामी कार्यक्रमहरु तय गरिने प्रतिबद्धता एनआरएनएले प्रतिबद्दता जनाएकोछ ।

युरोपियन बैठकमा सवै गैर आवासिय नेपालीहरू विचको एकता, नेपाली सामानहरूको प्रवर्धन, नेपालमा संभावित संयुक्त लगानी, एनसिसीहरूको प्रभावकारि भुमिका महिलाहरुका समस्याहरू, युवा सिर्जनशिलता युवा इन्टरप्रेनरसिप तथा ज्ञान सिप र पूँजीको मातृभूमिमा स्थानान्तरणका बिषयमा बिशेष छलफल कार्यक्रमको एजेन्डा रहेको पनि आयोजक समितिले जानकारी गराएकोछ ।

दोश्रो चरणमा भएको पत्रकारहरु सँगको अन्तर्कृया कार्यक्रममा एनआरएनएका युरोप संयोजक द्वय भट्टराई र सापकोटाले पत्रकारहरुका प्रश्न र जिज्ञाशाको जबाफ दिनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.