आजवाट राष्ट्रपति निर्वाचनका लागि आचारसंहिता लागु

0

आगामी २५ फागुनमा हुने राष्ट्रपति र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि बुधबारबाट ५ चैतसम्म आचारसंहिता लागु भएको निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि,  राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि,  सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई आचारसंहिता लाग्नेछ । 

निर्वाचनका संघीय संसदमा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता रहेका छन् । 

राष्ट्रपति निर्वाचनका लागि हिजो अन्तिम नामावली सार्बजनिक गरिएको थियो । जसअनुसार नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ २५ गते हुन गईरहेको निर्वाचनका लागि उम्मेदवार रहेका छन् ।

Leave A Reply

Your email address will not be published.