‘आप्रबासीका कारण युरोपका सीमाहरु खतरामा’

0

हंगेरी, ५ असोज । हंगेरीका प्रधानमन्त्री भिक्टर ओरबानले आप्रबासीका कारण युरोपका सीमाहरु खतरामा परेको बताएका छन् । उनले युरोपियन देशहरुलाई गम्भीर हुनसमेत अपील गरे । चेक गणतन्त्रको राजधानी प्रागमा हुने युरोपेली मुलकहरुको बिदेशमन्त्रीस्तरीय बैठक अघि बोल्दै ओरबानले आप्रबासीले सीमा तोड्न गरिरहेको प्रयासले राम्रो परिणाम नदिने चेतावनी दिए ।
आफ्नो देशमा ठाउँको अभाव भएको भन्दै ओरबानले हंगेरीको सीमा हुँदै अन्यत्र प्रवेश गर्ने आप्रबासीका कारण हंगेरीका जनता समेत अप्ठेरोमा परेको भन्दै यसमा युरोपियन राष्ट्रहरुलाई ध्यान केन्द्रित गर्न आग्रह गरे । हंगेरीको सीमा हुँदै अष्ट्रिया लगायत अन्य देशमा प्रवेश गर्ने आप्रबासीको संख्या दिनुनादिन बढेपछि हंगेरी संकटमा परेको हो ।
यसैबीच जर्मनी र फ्रान्सले भने ग्रीस, इटली र हंगेरीमा रहेका १ लाख २० हजार आप्रबासीलाई युरोपका अन्य मुलुकमा स्थानान्तरण गर्ने प्रयास जारी राखेका छन् । आप्रबासीको समस्या समाधानको उपाय खोज्न प्रागमा पोल्याण्ड, हंगेरी र स्लोभाकियाका बिदेशमन्त्रीहरुको बैठक आज बस्दैछ । बैठक एक सातासम्म चल्ने छ ।

Leave A Reply

Your email address will not be published.