जापानबाट करिब रु पचीस लाखको राहत

0

रत्ननगर (चितवन), ५ असोज । भूकम्पपछि चितवनका केही पत्रकारले सुरु गरेको ‘हामीले नगरे कसले गर्ने’ अभियानअन्तर्गत अहिलेसम्म भूकम्पपीडितका लागि रु २५ लाखभन्दा बढीको राहत वितरण गरिसकेको छ ।
चितवन, धादिङ, गोरखा र मकवानपुरका भूकम्पपीडितलाई २५ लाखभन्दा बढीको राहत सहयोग गरिसकेको अभियानका उपाध्यक्ष विनोद रिजालले बताउनुभयो । सो क्रममा अभियानले चेपाङ बालबालिकालाई पढ्नका लागि समेत सहयोग गरेको जनाएको छ । विद्यालय भवन निर्माणका लागि अहिले अभियानले टिसर्ट बिक्री अभियान सुरु गरेको अध्यक्ष राजेश घिमिरेले जानकारी दिनुभयो ।
अभियानले अहिले चितवनको विकट लोथरको दुङवाङ राप्राविको विद्यालय भवन निर्माणका लागि काम सुरु गरिसकेको जानकारी घिमिरेले दिनुभयो । करिब रु १५ लाख लाग्ने अनुमान गरिएको उक्त भवन निर्माणका लागि अहिलेसम्म रु आठ लाख सङ्कलन भइसकेको र अझै रु सात लाख रकम जोहो गर्न बाँकी रहेको सचिव अनिल ढकालले बताउनुभयो ।
यसैबीच जापानमा बस्ने दीपक नेपालले सो विद्यालय निर्माणका लागि जापानमा बस्ने नेपालीबाट सङ्कलित रु पाँच लाख ५४ हजार नगद सहयोग उपलब्ध गराउनुभएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले पत्रकारले उदाहरणीय काम गरेको प्रतिक्रिया दिनुभयो ।

Leave A Reply

Your email address will not be published.