मनिषा कोइराला नेपाली पडकास्टमा

0

काठमाडौँ –  रेडियोकर्मी भूपेन्द्र खड्काले चर्चित बलिउड अभिनेत्री मनिषा कोइरालासँग कुराकानी गर्दै भिडियो पडकास्टको शुरुवात गरेका छन् । BHUPENDRA KHADKA PODCAST नामक युट्युब च्यानलबाट शुरु सो पडकास्टमा नेपाली समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्त्तित्वहरूसँग ‘हृदय-संवाद’ गर्ने खड्काले बताएका छन् । केही समयमा आफ्नो पडकास्ट संसारभरका महत्त्वपूर्ण अडियो माध्यमबाट सुन्न सकिने पनि उनले बताए ।

२ दशकभन्दा लामो समयदेखि सन्चारका विभिन्न माध्यम विशेष गरी रेडियोमा सफल प्रस्तोताको छवि बनाएका खड्का नेपालका सफल गीत तथा गजलकारको रूपमा चिनिन्छन् । ५० वटा नेपाली सिनेमासहित ४५० भन्दा बढी गीत रेकर्ड भएका उनका दर्जनौं हिट गीतहरू छन् ।

बदलिंदो समयअनुसार सजिलो माध्यममा स्रोता र दर्शकले सुन्न र हेर्न सकून् भन्ने उद्देश्यले आफूले पडकास्टको शुरुवात गरेको उनले बताए ।

 “अहिलेको समय अडियोमा कन्टेन्ट र भिडियोमा क्वालिटी खोज्ने जमातको हो । मैले मेरो शैलीमा गरेको कुराकानीले हेर्ने र सुन्नेको जीवनशैली बदल्न कतै न कतै भूमिका निर्वाह गर्नेछ,” खड्काले भने।

“परिवर्तित समय अनुसार पडकास्ट स्रोता र दर्शकसम्म आफ्ना कुरा राख्ने बलियो माध्यम हो । त्यसैले मैले नेपालमा पहिलोपटक पडकास्टमा कुराकानी गरें,”, मनिषा कोइरालाले भनिन्।

हाल मनिषा सन्जयलीला भन्सालीको वेब सिरिजको सुटिङका लागि मुम्बईमा छिन्।

मनिषा कोइरालासंग भूपेन्द्र खड्काले गरेको कुराकानी यो लिंकमा गएर हेर्न सुन्न सकिन्छ :

Leave A Reply

Your email address will not be published.