च्याम्पियन्स लिगमा एसी मिलान विजयी

0

युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रि क्वाटरफाइनलमा एसी मिलान विजयी भएको छ ।

इटालियन क्लब एसी मिलानले इंग्लिस क्लब टोटेनहम हटस्परलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा पहिलो हाफमा मिलानका ब्राहिम डियाजको गरेको गोल नै निर्णायक बन्यो ।

जसअनुसार खेलको सातौं मिनेटमा डियाजले गोल गर्दै मिलानलाई १–० को अग्रता दिलाएका थिए ।

अब दोस्रो लेग मार्च ८ तारिखमा टोटेनहमको मैदानमा हुने छ ।

मिलानले दोस्रो लेगमा बराबरी गर्दा क्वाटरफाइनल पुग्ने छ भने टोटेनहमले भने जितको नतिजा निकाल्नु पर्ने छ ।

Leave A Reply

Your email address will not be published.