“मेरो डान्स युनिभर्श मेरो भ्वाइस युनिभर्श” को युरोप अडिशन,

0

अहिले सम्मकै ठुलो धनराशीको पुरुस्कार दिने घोषणा गरिएको रियालिटी शो मेरो डान्स मेरो भ्वाईसको युरोप अडिशन आज आईतवार बेल्जियमको लेन्त शहरमा गरिदैछ । कार्यक्रमबारे जानकारी दिन हिजो हेरेन्तको कार्पिनस होटेलमा आयोजना गरिएको मिट एन्ड ग्रिट कार्यक्रममा उक्त जानकारी गराइएको हो ।


विश्वका बिभिन्न देशमा रहेका करीब सात लाख नेपाली भाषिहरुका नब प्रतिभाहरुलाई प्रोत्साहित गर्न र नेपाली जातिको एकता मजबुत बनाउने उद्यस्य राखेर आयोजना गर्न लागिएको उक्त रियालिटि शो को बारेमा जानकारी दिदै आयोजक संस्था इन्ट्रा फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले भुटान कागजको भन्दा भावनाको राष्ट्रियता बलियो हुने भएकोले फाउन्डेशन नेपाली भावना बोकेका प्रबासी नेपालीहरुलाई एकताबद्ध गर्न लागेकोछ भानु भयो । उहाले अमेरिका र क्यानडामा बस्ने नेपाली भाषिहरुमा मात्र सिमित रहेको मेरो डान्स मेरो भ्वाइस रियालिटी शोलाई विश्वब्यापी बानाएर नेपाली कला सन्स्क्रिती उत्थान गर्न सकिने हुँदा आफुहरु युरोपका प्रतिभा खोज्दै आएको बताउनु भयो । युरोप पछि दुबई , थाइल्यान्ड, अस्ट्रेलियामा अडिशन लिने प्रतिभा छनोट गर्ने कार्यक्रम रहेको पनि कार्यक्रममा जानकारी गराइएको थियो ।


एनआरएनए बेल्जियमका अध्यक्ष खड्क बहादुर केसीले इन्ट्रा फाउण्डेशनले गर्न लागेको रियालिटी शो मेरो डान्स मेरो भ्वाइस को सफलताको शुभकामना सहित फाउण्डेशनका पदाधिकारी र निर्णायकहरुलाई स्वागत गर्नु भयो । एनआरएनए पनि नेपाली कला संस्कृतिको बिकासमा सक्रिय रहेको छ भन्दै मिलेर काम गर्नका लागि प्रस्ताब गर्नुभयो ।


कार्यक्रमलाई शुभकामना दिदै बेनेक्स एबम युरोपियन युनियनका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारीले नेपाली भाषा, कला संस्क्रितिलाई टेवा पुग्ने कार्यक्रम युरोपमा हुनु खुशीको कुरा भएको र विश्वभरिका नेपालीहरुको सहभागिताले भावनात्मक एकतालाई बलियो बनाउनेछ भन्नु भयो । भुटानमा जन्मे हुर्केका नेपाली दाजुभाइहरुले थालेको नेपाली गीत संगीत र न्रित्य प्रतियोगिताको कार्यक्रमको सफलताको लागि नेपाल सरकारको तर्फबाट आबस्यक सहयोग रहनेछ भन्नु भयो ।

कार्यक्रममा युरोप अडिशनका निर्णायकहरु गायिका शर्मिला बर्देवा, सुनिता दुलाल, र नारायण धिताल, नायिका केकी अधिकारी लगायतलाई सम्मान गरिएको थियो । युरो नेपाल कलाकार संघका कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने कार्यक्रमको रुपरेखा र उद्यस्यका बारेमा पत्रकार नरेश भट्टराईले प्रकाश पार्नु भएको थियो । गायिका बर्देवा, गायक बलराम पुन र लोक दोहरी गायिका दुर्गा गुरुङले आआफ्ना गीत सुनाउनु भएको थियो । मिट एन्ड ग्रिट कार्यक्रमको संचालन पत्रकार भट्टराईले र युरो नेपाल कलाकार संघ बेल्जियमका अध्यक्ष बलराम पुनले गर्नु भएको थियो ।

अमेरिका क्यानडा लगायत विश्वका बिभिन्न देशमा बसोबास गर्ने नेपाली मुलका नागरिकहरुको संस्था इन्ट्रा फाउण्डेशनले नेपाली भाषा, कला संस्क्रितिको सबलिकरण र संरक्षण साथै बिभिन्न परोपकारी कार्य गरिरहेकोछ ।

Leave A Reply

Your email address will not be published.