दीप गिरीको नयाँ गीत ‘ आभारी छु’ सार्वजनिक

0

लोकप्रिय चर्चित  गायक आनन्द कार्की को स्वरमा दीप गिरीको नयाँ गीत ‘ आभारी छु’ सार्वजनिक गरिएको छ।

“भ्यालेन्टाइन डे” को अवसर पारेर प्रेमिकाप्रति समर्पित उक्त गीत सार्वजनिक गरिएको हो  । 

वरिष्ठ सङ्गितकार राजु सिंहद्वारा संगीत वद्ध उक्त गीतको एरेन्ज  चन्द सिंहले गरेका छन् भने  छायांकन: मोहन कुमार “झिल्लु” ले।   गीत आनन्द कार्कीको युट्युव च्यानलमा उपलब्ध छ ।

बेलायतमा बसोबास गर्ने गीतकार दीप गिरीका यस अघि सुन केशरी: जोन र धनुषा सिंह (एल्वम: प्रतिबिम्व भाग २), फुटेको ऐना: कर्ण दासको स्वरमा, मौका नै दिएनौ : योजना पुरी (एल्वम: समर्पण ), चारै दिशा: साधना सरगम र राज खाम्बु, मन खाने माया: किरण भुजेल र अस्मिता अधिकारी,  रातकी रानी: सुजन पराजुली र दिब्यानी शर्मा लगायतका गीत सार्वजनिक भै सकेका छन्।

‘विगतमा झैं यो गीत पनि संसारभरि रहनु भएका श्रोता/दर्शकहरुले रूचाइ दिनु हुनेछ भन्ने मैले विश्वास लिएको छु,’ गिरीले भने।

Leave A Reply

Your email address will not be published.