रोमानियामा कार्यरत नेपाली युबाको निधन,

0

रोमानियामा कार्यरत एक जना नेपाली युबाको मृत्‍यु भएकोछ । रोमानिया को म्युनिसिपाल अस्पताल ओरादियामा उपचाररत रहेका नेपाल बन्दिपुर गाउँपलिका ६ बघाल तनहुँ स्थाई बसोबास भएका खोबेन्द्र गुरुङको दु:खद निधन भएको रोमानियामा रहेका नेपाली पत्रकार लाक्पा शेर्पाले जानकारी गराउनु भएकोछ ।

छ महिना अगाडि मात्र वैदेशिक रोजगार को सिलसिलामा अजीत्स म्यानेजमेन्ट एन्ड डिभेलपमेन्ट कम्पनी नामक मेनपावरबाट रोमानिया प्रवेश गरेका गुरुङ रोमानियामा मादरस जुद बिहोर , ४८३ मा भेजिटेबल प्याकिङमा कार्यरत हुनु हुन्थ्योछो। ३५” दिन यता गम्भीर बिरामी भै अस्पातल भर्ना भएका गुरुङको उपचारकै क्रममा मृत्यु भएको अस्पातलले जानकारी गराएको थियो । ,अस्पताल स्रोतका अनुसार मृतक लाई ब्लड क्यान्सर भएको र उपचार कै क्रममा गत बुधबार साँझ १०:३० मा मृत्यु भएको जानकारी नेपाल मा रहेका मृतकका परिवार आफन्त निर्मल गुरुङले बताउनु भएको थियो, मृतकको एक छोरा , एक छोरी र श्रीमती रहेको र केही महीना अघिमात्र छोराको पनि मुटुको अप्रेसन भएको थियो ।

परिवारलाई सुखी र खुशी राख्न धन कमाउने उदेश्यले बिदेसिएका गुरुङको दु:खद निधन भएको खबर ले परिवार स्तब्ध भएको छ र मुल अभिभावक गुमाउदा परिवारको बिचल्ली भएकोछ । परिवारले मृतकको शव नेपाल पठाउन यहाँ रहेका विभिन्न निकाय हरु संग अनुरोध गरेका छन भने यहाँ रेहेका रोजगारदाता र नेपालबाट मृतक लाई रोमानिया पठाउने मेनपावर एजेन्सीबाट मृतकले पाउनु पर्ने इन्स्योरेन्स र क्षतिपूर्ति दिलाइ दिन समेत पनि परिवारले अनुरोध गरेका छन ।

मृतक को शव जति सक्दो चाडो नेपाल पठाउन कानुनी र कागजी प्रक्रिया सुरु गरिसकेको जानकारी रोमानियाका लागि नेपाली अवैतानिक बाणिज्यदुत नवराज पोख्रेल ले बताउनु भएको छ,

Leave A Reply

Your email address will not be published.