एनआरएनएका केन्द्रीय सदस्य शर्माले गरीब जेहेन्दार विद्यार्थीलाई पुरुस्कार र छात्रब्रित्तिका लागि गरे अक्षयकोषको घोषणा ,

0

बेल्जियममा दुई दशक अघिबाट बसोबास गर्दै आएका ब्यबसायी एबम समाजसेबी गंगा शर्माले गरीब र जेहेन्दार विद्यार्थीहरुलाई सहयोग पुग्ने गरी आफ्ना स्वर्गीय माता पिताका नाममा पुरुस्कार स्थापना गर्ने घोषणा गरेकाछन । ओम नारायण-देउरुपा स्मृति पुरुस्कार नाम दिइएको उक्त पुरुस्कारका लागि ३ लाख रुपयाको अक्षयकोष स्थापना गरिने भएकोछ ।बागलुङको बागलुङ नगरपालिका वडा नम्बर ६ मा रहेको लहरेपिपल माविको ६४ औँ वार्षिकोत्सवको अवसरमा शर्माले उक्त घोषणा गरेका हुन ।

बागलुङ नगरपालिका वडा नम्बर ६ सिम घर भएका शर्मा हाल बेल्जियममा व्यवसाय तथा सामाजिक, राजनीति क्षेत्रमा सक्रिय रहेका छन् । बेल्जियममा हुने सामाजिक गतिबिधिमा सधैं अगाडि देखिने शर्माले बिभिन्न परोपकारी अभियानमा सहयोग गर्दै आएकाछन । उनी हाल गैर आबासीय संघ केन्द्रीय सदस्य छन ।

विद्यालयको वार्षिक उत्सवको अवसमार शर्मा उनीकी धर्मपत्नी जमुना शर्मा, बुहारि सबिना शर्मा सहितको उपस्थितिमा कोष स्थापना गर्ने घोषणा गरेका हुन् ।

शर्माले विद्यालयको वार्षिकोत्सबको अबसरमा ५ हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेका छन् । विद्यालयको वार्षिकोत्सवको अवसरमा आर्थिक सहयोग तथा पुरस्कार कोषको स्थापन गर्ने घोषणा गरेका शर्मालाई विद्यालयले धन्यवाद व्यक्त गरेको छ ।

Leave A Reply

Your email address will not be published.