घर तथा पसलमा हुने चोरि नियन्त्रणका लागि एनआरएनए बेल्जियमको जानकारीमुलक अन्तर्कृया,

0

बिगत केही समय अघि देखि बेल्जियमको बिभिन्न शहरहरुमा बस्ने नेपालीहरुको घरलाई लक्षित गरेर भैरहेका चोरीका घटनालाई लिएर गैर आवाशिय नेपाली संघ बेल्जियमले बिज्ञ सँग अन्तर्कृया गरेको छ । नेपालीहरुका घरमा भएका चोरिका घटनालाई लिएर संघले सोमबार बेल्जियमको लुभेनमा सचेतनामुलक अन्तरकृया कार्यक्रम गरेको हो । कार्यक्रममा बेल्जियम प्रहरीका चोरि रोकथाम अधिकृतले चोरी तथा घर तोडफोड हुन सक्ने संभावनाहरुबाट कसरी बच्ने भन्ने जानकारीमुलक प्रस्तुति दिएकी थिईन ।

चोरी गर्नु अघि घर वरीपरीको परिबेश र बस्तुस्थिती अनुसनधान गर्ने,घर तोडफोड गर्न अथवा घरभित्र पस्न संभावित स्थान पत्ता लगाउने,सुरक्षा क्यामरा अर्लाम लगायतले निस्कृय पारेर चोरले चोरी गर्ने हुदा यस्ता बस्तुस्थितीलाई बिषेश ध्यान दिन घरधनिहरु तथा सहभागीहरुलाई उनले आग्रह गरीन ।

साथै घटना भैसकेपछि ततकाल प्रहरीलाई खबर गर्ने,प्रहरी नआईन्जेल घटनास्थललाई सुरक्षित राख्ने लगायतका सावधानी अपनाउन समेत उनले जानकारी गराएकी थिईन । गत एक बर्षमा बेल्जियममा रहेका नेपालीहरुको मात्र ५० भन्दा बढी घर तथा पसलहरु चोरी भएको गैर आवाशिय नेपाली संघ बेल्जियम र नेपाली ब्यबसायी संघ बेल्जियमले जानकारी गराएका छन् । केही दिन अघि मात्र एन्तवेरपेनमा रहेको एउटा घरमा बालबालिका भएको अबस्थामा घर फोरेर सामान चोरि भएको थियो ।

कार्यक्रममा गैर आवाशिय नेपाली संघ बेल्जियमाका अध्यक्ष खड्ग बहादुर केसी, कोषाध्यक्ष पुष्प नेपाल, नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष चिरन कुमार खवास, चितवन समाज बेल्जियम अध्यक्ष राजु घिमिरे, सीता सापकोटा, बिभिन्न पेशामा आबद्ध नेपाली ब्यबसायीहरुको सहभागीता रहेको थियो ।

अध्यक्ष केसीले चोरी हुनबाट बच्न सबै भन्दा पहिला आफै चनाखो रहनु पर्नेमा जोड दिदै सहभागिहरुलाई धन्यवाद दिनु भयो । कार्यक्रमको ब्यबस्थापन तथा संयोजन नेपाली ब्यबसायी संघ बेनेलक्सका सचिब मदन दवाडीले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.