नेपाली ब्यबसायिहरुको एकता र सामुहिक प्रयत्नले युरोपमा नेपालको प्रबर्धन गर्न र ब्यबसायिहरुको आर्थिक उन्नती सहज भएकोछ , राजदुत राजभन्डारी ,

0

युरोपमा रहेका नेपाली ब्यबसायीहरुलाई निर्धक्क भएर नेपालमा लगानी गरी ब्यबसाय गर्न बेल्जियमका लागी नेपाली राजदुत महामहिम गेहेन्द्र राजभन्डारीले आग्रह गर्नु भएको छ । आईतबार लकजेम्बर्गमा आयोजित नेपाली ब्यबसायीहरुको भेलालाई सम्बोधन गर्दै उहाँले बेल्जियम,नेदरल्याण्ड र लकजेम्बर्गमा रहेका नेपाली ब्यबसायीहरुलाई नेपालमा लगानी गर्ने वाताबरणका लागी आफुले कुटनितिक पहल गर्ने बताउनु भएको हो ।

उहाँले नेपाली ब्यबसायीहरुले युरोपमा रहेर पनि नेपाली सामानहरु आयात गरी बजार बिस्तार गर्न पनि आग्रह गर्नु भयो । नेपाली व्यबसायी संघ बेनेलक्सले लकजेम्बर्गमा रहेका व्यबसयीहरुलाई पनि एक जुट बनाई स्थापना गर्न लागेको नेपाली व्यबसायी संघ लकजेम्बर्गको समिति घोषणा कार्यक्रममा राजभन्डारीले नेपाल हाउस परीयोजनामा नेटवर्कले ध्यान दिन समेत आग्रह गर्नु भएको छ । गैर आबासीय नेपालीहरुले गर्ने लगानी लगाएतका कुराहरुमा रहेका कानुनी जटिलतालाई समाधान गर्न समेत आफुले भुमिका खेल्ने उहाँले बताउनु भयो । नेपाल सरकार प्रवासी नेपालीहरुप्रति सदैव सकiरात्मक रहेको बताउदै उहाँले नेपाली सामानहरुलाई युरोपमा प्रर्वद्धन गर्नका लागी नेपाली व्यबसायीहरुलाई एकजुट भै लाग्न समेत आग्रह गर्नु भयो ।

नेपाली व्यबसायी संघ बेनेलक्सका संयोजक यामु निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली व्यबसायीहरुले पछिल्लो समय देखा परेको नेपाली घटनाक्रमका बारेमा समेत राजदुत राजभन्डारीलाई ध्यानकर्षण गराएका थिए । उनिहरुले बिदेशमा रहेका नेपालीहरुको नागरीकताका बारेमा छरिएको बिभिन्न भ्रमका बारेमा समेत जानकारी गराएका थिए ।  आफुहरुले बिदेशमा रहेर दुख गरी कमाएको केही रकम आफनै देशमा लगानी गर्ने वताबरण समेत नबनेको अबस्थामा नेपाल सरकार समक्ष निर्धक्क लगानी गर्ने वाताबरण बनाईदिन व्यबसायीहरुले राजदुत भण्डारीलाई ध्यानकर्षण गराएका थिए ।

कार्यक्रममा नेपाली ब्यबसायी संघ बेनेलक्सका संयोजक यामु निरौला, नेपाली व्यबसायी संघ बेल्जियमका अध्यक्ष चिरनकुमार खवास,नेपाली व्यबसायी संघ बेनेलक्सका सचिब मदन दवाडी,एनआरएनए लकजेम्बर्गका अध्यक्ष हरी बहादुर खत्री,लगाएतले नेपाली ब्यबसायीहरुले युरोपमा रहेको समस्या र समाधानका उपायका बारेमा आफना अनुभब सुनाएका थिए । भेलाले हरी बहादुर खत्रीको संयोजकत्वमा १५ सदस्य नेपाली ब्यबसायी संघ लकजेम्बर्ग गठन समेत गरेको छ । भेलामा नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा,उपाध्यक्ष डिल्लि अमाई ,नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम,बेल्जियमका ब्यबसायीहरु काशी दनै, जगदिश सापकोटा , युवा ब्यबसायी बेदराज पुरी, लकजेम्बर्गका पुराना ब्यबसायी नारायण गुरुङ्ग,चन्द्र बहादुर थापा, लगाएतका डेढ दर्जन ब्यबसायीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन बालहरी राईले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.