बेल्जियमका नेपालीको कम्पनीले बिकास गरेको खाना अर्डर गर्ने सफ्टवेरले फेब्रुवरी दोश्रो साताबाट सेवा सुरु गर्ने

0

बेल्जियमका आईटी बिज्ञ तेज नेपालीको कम्पनी ‘रेस्टुरेन्ट हब’ ले बिकास गरेको खाना अर्डर गर्ने प्रबिधिको आगामी फेब्रुवरी १५ बाट औपचारिक शूभारम्भ हुने भएकोछ । कम्पनीको डेलिभेरी म्यानेजमेन्ट (बितरण ब्यबस्थापन) समुहको बारेमा जानकारी दिन आज एन्तवेरपेन शहरमा आयोजना गरिएको ब्रिफिङ र अन्तरकृया कार्यक्रममा रेस्तुरेन्ट हबका म्यानेजिङ डाइरेक्टर नेपालीले उक्त सफ्टवेरका बिशेषता, अरु प्रतिष्पर्धीको तुलनामा यस्को प्रयोगबाट रेस्टुरेन्ट ब्यबसायिहरुलाई हुने फाईदा, कम्पनीले डेढ बर्ष देखि बिकास गरेको प्रबिधिको विश्वसनियता, र खाना बितरण गर्ने टिमको जिम्मेवारि र उत्तरदायित्वका बारेमा जानकारी गराउनु भएकोछ ।

उक्त प्रब्रिधिको बिकास गर्न हाल सम्म करिब तीन लाख साठी हजार युरो लगानी भएको र डेलिभरी म्यानेजमेन्टका लागि ७० हजार युरोको बजेट छुट्ट्याईएको कम्पनीले बताएकोछ । अहिले सम्म परिक्षणमा रहेका करिब 20 मेशिनबाट प्राप्त फिडब्याक र सफ्टवेरको काम उत्साहप्रद देखिएकोले अब कम्पनिका आफ्नै ड्राईभरहरुले रेस्टुरेन्टबाट ग्राहक सम्म खाना बितरण गरिने बताइएकोछ ।


अन्य ठुला कम्पनिहरुले रेस्तुरेन्ट ब्यबसायिहरुलाई बाध्यतामा पारेर आर्थिक शोषन गरेको गुनासो बढ्न थाले पछि आफुले यो प्रबिधिको बिकास गरेको र ति कम्पनी भन्दा बढी सुबिधा र विश्वसनियता कायम गरिएको बारेमा पनि कार्यक्रममा नेपालीले ब्रिफिङ गर्नु भएको थियो । रेस्तुरेन्टहरुका ग्राहकहरुको विवरण प्रयोग गरेर ठुला कम्पनीले बढी नाफा लिने देखिएको हुँदा त्यसका लागि हरेक रेस्तुरेन्टको स्वतन्त्र वेबसाइट र अन्य दस्ताबेजहरुमा रेस्तुरेन्टहरुकै नियन्त्रण हुने गरी सुरक्षित फिचर पनि उक्त प्रबिधिमा राखिएकोछ । ओपन सोर्सबाट चलेका सफ्टवेर सुरक्षित हुन नसक्ने भएकोले सिस्टमको सुरक्षाका लागि बलियो प्राबिधिको प्रयोग गरिएकोछ ।

बेल्जियममा हाल परिक्षणमा रहेका सहित २०० सय मेशिनबाट सुरु गरेर एक बर्षमा ७५० मेशिनहरु खाना अर्डरका लागि रेस्तुरेन्टहरुमा जडान गरिनेछ ।
हाल बेल्जियम, पोर्तुगल , क्यानडा र घानाबाट सेवा सुरु गरेर युरोप र विश्वका अन्य देशमा पनि सेवा बिस्तार गरिने कम्पनीले जनाएकोछ ।

Leave A Reply

Your email address will not be published.