रास्वपाको सभापतिमा पुनः रवि लामिछाने चयन

0

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले सभापतिमा रवि लामिछानेलाई पुनः चयन गरेको छ ।

आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो ।

रास्वपाका एक नेताले दिएको जानकारीअनुसार लामिछानेलाई फेरि गृह मन्त्रीकै रुपमा पठाउने तयारी छ ।

Leave A Reply

Your email address will not be published.