एनआरएनएको महिला स्वास्थ्य कार्यदलको स्वास्थ्य सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न,

0

गैर आबासीय नेपाली संघको महिला बिभाग, महिला स्वास्थ्य तथा शिक्षा टास्कफ़ोर्सले वरिष्ठ चिकित्सकहरुलाई प्रवासमा रहेका नेपालीहरुको स्वास्थ्यका बारेमा स्वास्थ्य सचेतना तथा सल्लाह सुझावमा सहभागि बनाइ एक स्वास्थ्य सचेतना सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन्न गरेकोछ ।

संघको यसिया प्यासिफिक क्षेत्रको ब्यबस्थापनमा भएको भर्चुयल कार्यक्रममा बर्तमान विश्वमा बढी रहेका अंानबिय गतिबिधिहरुबाट मानसिक र सारिरिक स्वास्थ्यलाई बचाउन ब्यक्तिले अबलम्बन गर्नु पर्ने बिषयहरुबारे जानकारी गराइएको थियो । बालापन बिताएको ठाउ र आफन्तबाट अलग हुँदा प्रबासी जीबनमा ब्यहोर्नु पर्ने रिक्तताले उत्पन गर्ने चुनौतिलाई सामना गर्नका लागि आबस्यक उपाय र नेपालमा एनआरएनए मार्फत गर्न सकिने स्वास्थ्य सचेतना र स्वास्थ्य सेवाका बारेमा कार्यक्रममा छलफल भएको थियो ।

चिकित्सकहरु डा सरोज झा , मानसिक स्वास्थ्य बिभाग प्रमुख शिक्षण अस्पताल काठमाडौं, डा पुष्पराज भट्टराई दक्षिण अफ्रिका, डा अमृत पोख्रेल बेलायत, डा सरिता भट्टराई पाण्डे अफ्रिका,लगायतले मानसिक स्वास्थ्य, महिलाहरुको पाठेघर र ब्रेस्ट क्यान्सर र अन्य जनरल हेल्थका बारेमा प्रस्तुती दिनु भएको थियो भने जनस्वास्थ्य बिज्ञ एलिजा केसी भण्डारी जापानले स्वास्थ्य बिमाका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा यास्मिन बेगम, भवानी तिवारी , बिमला सापकोटा, अमृता थापा, राधिका गुरुङ (टिका) , रजनी प्रधान, लगायतका एनआरएनएका महिला पदाधिकारीहरुले आ-आफ्ना भनाइ राख्नु भएको थियो । एनआरएनए अध्यक्ष त्रय रबिना थापा, बद्री केसी र कुल आचार्यले पनि कार्यक्रम सफलताको शुभकामना दिदै देश बिदेशमा एनआरएनएले गरेको स्वास्थ्य सम्बन्धी सहयोगबाट यसको परोपकारी अभियानलाई सफल बनाएको बताउनु भयो ।

एनआरएनएको स्वास्थ्य सम्बन्धी कार्यदलले नेपालका ग्रामीण भेगमा कार्यक्रम सन्चालन गर्नु पर्ने र बिदेशमा रहेका एनआरएनहरुको स्वास्थ्य समस्या बारे कार्ययोजना बनाएर अगाडि बढ्नु पर्ने उहाहरुको भनाइ थियो । कार्यदलका सल्लाहकार डा बोधराज सुबेदीले पनि आफ्नो टिप्पणी र सुझाब राख्नुभएको थियो ।


एनआरएनए महिला स्वास्थ्य तथा शिक्षा कार्यदल प्रमुख डा एलिनी पोख्रेल सुबेदीको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन डा इन्दिरा तिवारीले गर्नु भएको थियो । एनआरएनएको फेसबूक पेजबाट कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.