बालेन शाहविरुद्ध माइतीघरमा प्रदर्शन

0

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहविरुद्ध प्रदर्शन गरिएको छ । 

प्रमुख शाहले गैरकानूनी ढंगले महानगरपालिका भित्र डोजर आतंक फैल्याउने काम गरेको भन्दै उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, काठमाडौको आह्वानमा आज दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो । 

प्रदर्शनमा सहभागीहरुले जनप्रतिनिधि भएर जनतालाई दुःख दिने काम नगर्न प्रमुख शाहलाई चेतावनी समेत दिएका छन ।

प्रमुख शाहले नागरिकको सम्पत्तिको अधिकारमाथि समेत हनन् हुनेगरी डोजर आतंक फैल्याउने काम गरेकाले खवरदारीका लागि सडकमा आएको प्रदर्शनकारीले बताएका छन् ।

प्रदर्शनकारीहरुले गैरकानुनी ढंगले संविधानले व्यवस्था गरेको भूमिको अधिकार, व्यक्तिगत सम्पत्तिको अधिकार हनन् गरेर मेयर शाहले ज्यादति गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

बिनासूचना, विनाप्रमाण सडक विस्तारको नाममा गैरकानुनी ढंगले सूचना समेत नदिई व्यक्तिगत सम्पत्तिमाथि डोजर चलाउने काम तत्काल बन्द गर्न प्रदर्शनमा सहभागीले माग गरेका छन् ।

Leave A Reply

Your email address will not be published.