इजरायलको पूर्वी जेरुसेलममा बन्दुकधारीको आक्रमणमा सात जनाको मृत्यु

0

एजेन्सी : इजरायलको पूर्वी जेरुसेलममा बन्दुकधारीको आक्रमणमा कम्तिमा सात जनाको मृत्यु भएको छ ।

वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा आक्रमण भएको एक दिन पछि भएको गोली हानाहानमा सो घटना भएको बताइएको छ ।

वेस्ट बैंकमा इजरायली सेनाको आक्रमणपछि हिंसा बढ्दै गएपछि एक बन्दुकधारीले इजरायली बस्तीमा गोली चलाउँदा सात जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

आक्रमणमा घाइते भएका १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । अधिकारीहरुले ७० वर्षका वृद्ध र १४ वर्षका बालकसहित १४ जनामाथि बन्दुकधारीले गोली चलाएको बताएका छन् ।

पूर्वी जेरुसेलमका एक जना २१ वर्षका युवा सो आक्रमणमा संलग्न भएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

प्यालेस्टाइनी इस्लामिक जिहादले सो आक्रमणको प्रशंसा गरेपनि घटनाको कसैले जिम्मा लिएको छैन ।

कब्जा गरिएको वेस्ट बैंकमा इजरायली सेनाको आक्रमणमा गत वर्ष कम्तिमा दुई सय जना प्यालेस्टाइनी लडाकू र सर्वसाधारण मारिएका थिए ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनले वेस्ट बैंकको भ्रमण गर्ने भनिएको केही दिनअघि नै हिंसात्मक आक्रमण भएको हो । घटना लगत्तै सरकारी अधिकारीहरुले सो क्षेत्रको भ्रमण गरेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.